आज देशभर एमाले वडा अधिवेशन, यस्तो छ तयारी - Himal Post Himal Post
  • ९ माघ २०८२, बिहीबार
  •      Thu Jan 22 2026
Logo

आज देशभर एमाले वडा अधिवेशन, यस्तो छ तयारी



काठमाडौँ – नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत शनिबार वडा तहको अधिवेशन हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी छ।

सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी तथा पहिरोका कारण प्रभावित भएका जिल्लाहरुमा भने केही समयपछि अधिवेशन हुनेछ।

एमालेको राष्ट्रिय महाधिवेशनअन्तर्गत कात्तिक ९ गतेका लागि पालिका तहको अधिवेशन तोकिएको छ। वडा अधिवेशन सकिएलगत्तै पालिका अधिवेशन हुनेछ।

आउँदो मङ्सिर १० देखि १२ गतेसम्म एमालेको १० औँ महाधिवेशन बागमती प्रदेशको चितवनमा हुनेछ। विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकाहरु महाधिवेशन प्रतिनिधि बन्न योग्य छन्।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न एमालेले कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।