नेविसङ्घमा ३२ वर्षे उमेर हद लगाउन माग - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

नेविसङ्घमा ३२ वर्षे उमेर हद लगाउन माग



काठमाडौं । नेपाल विद्यार्थी सङ्घले आगामी निर्वाचनमा ३२ वर्षको उमेर हद लगाउन माग गरेको छ । नेवि सङ्घले आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका सभापति शेरबहादुर देउवालगायत पदाधिकारी तथा सदस्यलाई भेटेर नेवि सङ्घको १२औँ महाधिवेशनको सुनिश्चितता गर्दै ३२ वर्षे उमेर हद कायम गर्न मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

नेवि सङ्घका महामन्त्री आनन्दराज त्रिपाठीको नेतृत्वमा पार्टी केन्द्रीय कार्यालय पुगेको सङ्घको टोलीले सभापति देउवालगायत नेताहरुलाई भेटेर ११आँै महाधिवेशनमा लगाइएको उमेर हद लगाउन माग गरेको प्रवक्ता प्रेमराज जोशीले जानकारी दिए।

सङ्घको विधान २०२७ को छैठौ संशोशन २०७३ भाग २ को धारा ५९घ० ले नेवि सङ्घको सदस्यतामै नेतृत्वको उमेर समूह ९३२ वर्ष० निर्धारण गर्नुपर्ने व्यवस्था गरेको थियो । सो अवसरमा सभापति देउवाले सङ्घको विधानबारे पार्टी केन्द्रीय समितिमा छलफल गरेर अन्तिम निष्कर्ष निकाल्ने बताए। नेवि सङ्घको दुई वर्षे कार्यकाल भदौ २ गते सकिएर तीन महीनाका लागि थपिएको छ । रासस