पुटिनका सेनालाई जमिनमुनि दफन गरिदिने युक्रेनको चेतावनी - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

पुटिनका सेनालाई जमिनमुनि दफन गरिदिने युक्रेनको चेतावनी



युक्रेन राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले आफूहरु भाग्य वा संंयोगको कारण सफल नभएको उल्लेख गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत सल्लाहकार एलेक्सी एरेस्तोभिचले भने, ‘हामी सफलता एक प्याटर्न हो। हामीले एक विशेष रणनीति बनाएका छौं, जुन कारण र प्रभावमा आधारित छ।’

उनले युक्रेनको सेना र जनताको प्रतिरोधले रुसको युद्ध मेसिन नै ध्वस्त पारिदिने चेतावनी दिएका छन्। उनले लेखेका छन्, ‘रुसको सेना बलियो छैन केवल विशाल छ।’

उनले विदेशी रक्षा अधिकारी पनि युक्रेनी सेनाको शक्ति र नेतृत्व देखेर अहिले चकित बनेको उल्लेख गरेका छन्। आफ्नो प्रतिरक्षाको लागि युक्रेनसँग धेरै समय नभए पनि युद्धक्षेत्रमा सफलता हात पारिरहेको उनको भनाइ छ।

उनले भने, ‘पुटिनका १० मध्ये ८ सैनिक यहाँ छन्, हामी उनीहरुलाई यहीँ जमिनमुनि गाडिदिन्छौं।’

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको ९ दिन पूरा भइसकेको छ। पछिल्लो केही दिनयता उसले आक्रमण तीव्र पारेको छ।

यद्यपि युक्रेनले पनि त्यसको सशक्त प्रतिकार गरिरहेको छ।