युक्रेनको राजधानीमै रुसी सेना, बज्न थाले खतरा साइरन - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

युक्रेनको राजधानीमै रुसी सेना, बज्न थाले खतरा साइरन



एजेन्सी । युक्रेनमाथि रुसी हमलाको छैटौं दिन रुसी बख्तरबंदको लामो कन्भोय फेरि राजधानी किभतर्फ बढेको विभिन्न स्याटलाइट तस्वीरहरुले देखाएका छन् ।

यसअघि दोस्रो ठूलो सहर खार्किभमा भएको रुसी हमलामा दजर्नौ सर्वसाधारण मारिएका विवरणहरु सार्वजनिक भएका थिए ।

राजधानीमा खतराको जनाउ दिने साइरन बजेका छन् भने सवसाधारण नागरिकलाई सरकारले घरभित्रै बस्न अनुरोध गरेको छ ।

अपराधसम्बन्धी अन्तर्राष्ट्रिय अदालतका अभियोजनकर्ताले सम्भावित युद्ध अपराधबारे रुसमाथि आफूले छानबिन गर्न चाहेको बताएका छन् ।