वार्ताका लागि टर्की पुग्यो युक्रेनको टोली - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

वार्ताका लागि टर्की पुग्यो युक्रेनको टोली



युक्रेनको एक प्रतिनिधिमण्डल रुससँग शान्तिवार्ताको लागि टर्कीको इस्तानबुल सहर पुगेको छ।

युक्रेनको तर्फबाट वार्ता टोलीको नेतृत्व रक्षामन्त्री ओलेक्सी रेजनिकोभले गरेका छन्। त्यस्तै राष्ट्रपति कार्यालयका प्रमुख मिखाइल पोडोलियाक पनि टोलीमा सामेल छन्।

प्रतिनिधिमण्डलका अनुसार रुससँगको वार्तामा युद्धविराम पहिलो प्राथमिकतामा रहनेछ। यद्यपि यो वार्तामा सहमति जुट्ने सम्भावना निकै कम रहेको बीबीसीले उल्लेख गरेको छ।

यो शान्तिवार्ता टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानको सक्रियतामा आयोजना हुन लागेको हो। यो वार्ता स्थानीय समयअनुसार मंगलबार बिहान सुरु हुनेछ।

रुसले युक्रेनसँग नेटोमा सामेल हुने इच्छा त्याग्नुपर्ने बताउँदै आएको छ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस विषयमा रुससँग वार्ताको लागि तयार रहेको बताइसकेका छन्।

यसैबीच वार्तामा युक्रेनका रुस समर्थित विद्रोहीको विषयमा पनि कुराकानी हुन सक्ने बताइएको छ।