उखु बारिमा लुकाइएको अवस्थामा २ लाख बराबरको अवैध गोलिया काठ बरामद
किशोर तामाङ
कञ्चनपुर ।।
कञ्चनपुरको पुनर्वास बाट करिब दुई लाख बराबरको अबैध गोलिया काठ बरामद गरेको छ ।
बेबारिसे अवस्थामा रहेको १ सय ४ क्यूफिट अबैध गोलिया काठ सोमबार जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका–९ बाट बरामद गरेको हो ।
तस्करहरुले श्री जनजागरण सामुदायिक बनबाट काठ तस्करी गरेर उखुबारीमा लुकाइराखेको अवस्थामा उक्त काठ फेला परेको कुण्डा बन सेक्टरका प्रमुख दिनेश यादबले बताए ।
ईलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका सहायक प्रहरी निरीक्षक लक्ष्मण बिकको टोली र बन कर्मचारी को सयुक्त गस्ती टोलीले स्थानियले दिएको गोप्य सुचनाको आधारमा उक्त काठ पक्राउ गर्न सफल भएको छ ।
पक्राउ परेको काठ श्री जनजागरण सामुदायिक बनलाई जिम्मा लगाएर काठ तस्करीमा संलग्न ब्यक्तिहरुको आवश्यक खोजी कार्य भइरहेको सेक्टर प्रमुख यादबले बताए ।