उज्जल थापाको अवस्था झनै गम्भीर : एकाएक बन्द गरियो आर्थिक सङ्कलन - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

उज्जल थापाको अवस्था झनै गम्भीर : एकाएक बन्द गरियो आर्थिक सङ्कलन



काठमाडौं- कोरोना संक्रमणपछि उनी मेडीसिटी अस्पतालमा उपचाररत विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्जल थापाको स्वास्थ्य अवस्था अत्यन्त जटिल बनेको बताइएको छ।

उनको स्वास्थ्य अवस्थामा सुधार औला भन्दा झन पछि झन जटिल बन्दै गएको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै भैरहेको आर्थिक सङ्कलन पनि बन्द गरिएको छ ।

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पनि सामाजिक संजालमा थापाको अवस्था आइतबार बिहानदेखि गम्भीर भएको बताएका छन् ।

उनले अन्य स्वास्थ्य अवस्थाको बारेमा परिवारको आग्रह अनुरूप योभन्दा बढी सार्वजनिक गर्न असमर्थ रहेको बताएका छन् । उता उनको उपचारको लागि चलाइएको आर्थिक सङ्कलन पनि एकाएक बन्द गरिएको छ ।

उनको उपचारका लागि विगत २४ घण्टामा रु ५० लाखभन्दा बढी सहयोग प्राप्त भएको छ।