झनै बिग्रियो उज्वल थापाको स्वास्थ्य अवस्था - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

झनै बिग्रियो उज्वल थापाको स्वास्थ्य अवस्था



काठमाडौँ – कोरोना संक्रमण भई मेडीसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील नेपाली दलका संस्थापक संयोजक उज्वल थापाको स्वास्थ्य अवस्था झनै बिग्रिएको छ । परिवारका तर्फबाट जारी भएको प्रेस नोटमा उनको स्वास्थ्य थप जटिल बन्दै गएको बताइएको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार थापाको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको जारी प्रेस नोटमा उल्लेख छ। हाल थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। यसअघि उनको ह्याम्स र ग्रान्डी अस्पतालमा उपचार गरिएको थियो।

अवस्था सुधार नभएपछि तीन दिनअघि उनलाई थप उपचारका लागि मेडिसिटीमा भर्ना गरिएको थियो।

‘अहिले अस्पतालमा ECMO प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ। उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ’, आइतबार दिउँसो परिवारका तर्फबाट जारी प्रेस नोटमा उल्लेख छ।