उज्जवल थापाको निधन भएको हल्ला झुठो: अस्पताल भन्छ- उपचार भैरहेको छ - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

उज्जवल थापाको निधन भएको हल्ला झुठो: अस्पताल भन्छ- उपचार भैरहेको छ



काठमाडौं- विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको हल्ला भैरहेका बेला अस्पतालले भने उनको जिवितै भएको र उपचार भैरहेको बताएको छ ।

गम्भीर अवस्थामा राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका विवेकशील पार्टीका नेता उज्वल थापाको उपचारमा अपनाइएको एकमो (ECMO) प्रक्रिया मंगलबार दिउँसो बन्द गरिएको अस्पतालले जनाएको छ।

अस्पतालका चिकित्सकहरुका अनुसारको उनको अहिले भेन्टिलेटरमा उपचार भइरहेको छ। सोमबारको परीक्षणका क्रममा उनको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

उनका शरीरका अंगहरु रिभाइभ नै गर्न नसक्ने अवस्थामा पुगेको चिकित्सकहरुले जानकारी दिएका छन् । यस्तै उपचारमा संलग्न चिकित्सकले बाहिर आएका खबरमा सत्यता नभएको बताएका छन् । उनीहरूले त्यस्ता खबरको पछि नलाग्न आग्रह गरेका छन् ।

कोरोना भाइरसको संक्रमण भएपछि उनलाई ह्याम्स अस्पताल हुँदै ग्राण्डी अस्पताल रिफर गरिएको थियो। ग्राण्डीबाट इक्मो प्रविधिमार्फत् थापाको उपचारका लागि मेडिसिटीमा लगिएको थियो।