पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको दुर्घटना, काठमाडौं लगिँदै - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

पत्रकार महासंघका पूर्व महासचिव उजिर मगरको दुर्घटना, काठमाडौं लगिँदै



पाल्पा – बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएका पत्रकार उजिर मगरलाई थप उपचारका लागि पोखराबाट काठमाडौं लगिँदै छ ।

पत्रकार महासंघका पूर्व महासचिवसमेत रहनुभएका मगरसँगै अन्य चार यात्रु चढेको ध १ ज १४९ नम्बरको जीप बाग्लुङ्गको गलकोट रिघामा दुर्घटनामा परेको थियो ।उहाँको दायाँ आँखा, निधार र वायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

बाग्लुङ्ग  गलकोटको आरोग्य अस्पतालमा प्रारम्भिक उपचार पछि विहीबार बिहान ३ बजे मणिपाल अस्पताल पोखरामा ल्याइएको थियो । उहाँलाई थप उपचारका लागि हेलीकोप्टरबाट काठमाडौं पठाउने तयारी भैरहेको छ ।

मगरसँगै घाइते भएका अन्यको स्वास्थ्य अवस्था अवस्था खतरामुक्त रहेको जानकारी दिइएको छ ।