उग्र बन्दै भारतको आन्दोलन: प्रहरी चौकी जलाए, मारिने क्रम बढ्यो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

उग्र बन्दै भारतको आन्दोलन: प्रहरी चौकी जलाए, मारिने क्रम बढ्यो



काठमाडौं- भारतमा विवादास्पद नागरिकता संशोधन कानुनविरुद्धको प्रदर्शन
थप उग्र बन्दै गएको छ ।

प्रदर्शनका क्रममा मारिनेको संख्या बढ्न थालेपछि आन्दोलनले थप उग्ररुप लिन थालेको छ । शनिबार आन्दोलनकारीले प्रहरी चौकी जलाई दिएका छन् ।

उत्तर प्रदेशको कानपुरमा प्रदर्शनकारीले प्रहरी चौकीमा आगजनी गरेको बीबीसी हिन्दीले जलाएको छ ।

सरकारले विवादास्पद नागरिकता संशोधन कानुन पारित गरेपछि भारतमा शुरु भएको प्रदर्शनमा मारिनेको संख्या २० पुगिसकेको छ । मारिनेमा एक जना आठ वर्षका बालक पनि रहेको जनाइएको छ ।

प्रहरीको गोली लागेर धेरैको ज्यान गएपछि प्रदर्शनकारीले प्रहरी चौकीमै तोडफोड तथा आगजनी शुरु गरेका छन् ।

शुक्रबार उत्तर प्रदेश राज्यमा एक ८ वर्षीय बालकसहित २० जनाको मृत्यु भएको प्रहरी अधिकारीहरुले जनाएका छन् ।

वाराणासीमा ती बालकको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ । अन्यको भने प्रहरीको गोलीबाट मृत्यु भएको हो ।

नोभेम्बर १२ मा भारतले अफगानिस्तान, पाकिस्तान र बंगलादेशबाट आएका मुस्लिमबाहेक अन्य धर्मावलम्बीलाई नागरिकता दिनेगरी कानुन पारित गरेपछि भारतमा हिंसात्मक प्रदर्शन चर्किंदै गएको छ ।