उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मेलम्चीतर्फ - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मेलम्चीतर्फ



काठमााडौँ – मेलम्चीमा आएको भिषण बाढीका कारण डुबानमा परेको घरको छतमा रहेकाहरुको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मेलम्चीतर्फ लागेको छ।

सेनाका एक अधिकारीका अनुसार घरको छतमा फसेर केहिले उद्दारका लागि सहयोग मागेको खबर आएपछि हेलिकप्टरबाट उद्दार गर्ने निर्णय गरिएको हो ।

अहिले दुई घरको छतमा केहि अलपत्र परेको बताइएको छ । लगातारको वर्षासँगै आएको बाढीका कारण मेलम्ची बजार डुबानमा परेको छ ।

केही घर भत्किएका छन् भने कम्तीमा पाँच पुल बगाएको छ । स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा लैजाने लगिएको छ ।