आत्महत्या गर्न मन लागेको छ :बलिउड अभिनेता उदय चोपडा - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

आत्महत्या गर्न मन लागेको छ :बलिउड अभिनेता उदय चोपडा



मुम्बई । बलिउड अभिनेता उदय चोपडा मानसिक तनाव (डिप्रेसन)को सिकार भएका छन् । केही दिनअघि मात्र उनले आफूलाई आत्महत्या गर्न मन लागेको छ भन्दै सामाजिक सञ्जालमा लेखेर पोस्ट गरेपछि परिवारले उनीमाथि कडा निगरानी राखेका छन् ।

लामो समयदेखि फिल्म नपाएका कारण उनी मानसिक तनावमा थिए । सोही कारण केही समययताबाट उनी डिप्रेसनको सिकार भएको उनका साथीहरूले बताएका छन् ।

उनले पछिल्लोपटक पाँच वर्ष फिल्म ‘धुम–३’मा काम गरेका थिए । त्यसअघि धुम शृंखलाका फिल्मसहित अन्य फिल्ममा नियमित अभिनय गरेका उदयले फिल्ममा काम नपाएको आधा दशक भयो । सोही कारण उनी मानसिक तनावको सिकार भएको बताइन्छ ।

धुम ४ निर्माण हुने चर्चा चलेको चार वर्ष बितिसक्दा पनि यो फिल्म अझै बनेको छैन । धुमको पहिलोदेखि तेस्रो शृंखलासम्म मुख्य भूमिकामा कम गरेका उदय अझै पनि धुम ४ निर्माण हुने आशासहित त्यसमा काम गर्ने योजनामा छन् । तर धुम ४ को निर्माण अहिले निकै सुस्ताएको छ ।

सन् २००० मा निर्मित फिल्म मोहब्बतेमा नायक बनेर उदयले बलिउडमा अभिनय यात्रा सुरु गरेका थिए । त्यसअघि उनी फिल्मका सहनिर्देशक थिए । सन् २०१४ सम्म दुई दर्जन फिल्म खेलेका उनी त्यसपछि फिल्मविहीन छन् । काम नभएकै कारण उनी मोटाएका छन् ।

यी अभिनेता गाँजासम्बन्धीको अभिव्यक्तिले विवादमा तानिएका थिए । भारतमा केही महँगा कर लगाएर गाँजालाई खुला गर्नुपर्छ भनेर आवाज गत साल उठाएपछि यी अभिनेता विवादमा आएका थिए । केही व्यक्तिले त उनलाई गाँजाको अमलीका रूपमा आरोप पनि लगाए । तर उनले यो आरोपको खण्डन

गरेका छन् ।