आन्तरिक उडान साउन २१ र अन्तर्राष्ट्रिय भदौ १ बाट खोल्ने तयारी - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आन्तरिक उडान साउन २१ र अन्तर्राष्ट्रिय भदौ १ बाट खोल्ने तयारी



काठमाडौं- यही साउन २१ बाट आन्तरिक र भदौ १ बाट अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सरकारले गरेको खुलेको छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सीसीएमसीमा यस्तो प्रस्ताव पेश गरेपछि यसबारे तयारी गरेको खुलेको हो ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यले मन्त्रालयले तयार पारेको प्रस्ताव सीसीएमसीमा पेश गरिएको जानकारी दिए।

अन्तर्राष्ट्रिय उडान भदौ १ बाट र आन्तरिक उडान साउन २१ बाट उडान गर्न सकिने प्रस्ताव गरेका गरिएको हो। विदेशबाट आउने नेपाली अनिवार्य होम क्वारेन्टिनमा बस्ने र विदेशी पर्यटकलाई कोरोना नेगेटिभ देखियो भने मात्रै बाहिर घुम्न दिने प्रस्ताव पेश गरेको जनाइएको छ ।

अन्तर्राष्ट्रिय उडानमा लकडाउन अघिभन्दा करिब ८० प्रतिशत कम उडान हुने गरी प्रस्ताव पेश गरेको बताइएको छ । मन्त्रिपरिषदले निर्णय गर्दा १५ दिन तयारीका लागि समय दिनुपर्ने उनले बताए।