आन्तरिक उडान अनिश्चितकालका लागि बन्द
काठमाडौं- आन्तरिक उडान अनिश्चितकालका लागि बन्द भएका छन् । सरकारले अर्को सूचना नभएसम्म आन्तरिक उडानमा लगाइएको प्रतिबन्ध कायम राख्ने निर्णय गरेको छ ।
विहिबार नागरिक उड्डयन प्राधिकारणले विज्ञप्ती जारी गर्दै कोभिड-१९ संक्रमणमा वृद्धि भैरहेको उल्लेख गर्दै उक्त निर्णय भएको जनाएको हो ।
कार्गो, उद्धार र विशेष उडानहरु भने निरन्तर हुने समेत प्राधिकरणले जनाएको छ ।
सरकारले यसअघि बैशाख मसान्तसम्म आन्तरिक उडानलाई रोक लगाउने निर्णय गरेको थियो ।