आन्तरिक हवाई उडान बन्द गर्ने सरकारको निर्णय
काठमाडौं- कोरोना संक्रमण नियन्त्रण बाहिर जान थालेपछि सरकारले आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक सँगै भारतसँगको हवाइ उडान पनि बन्द गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आइतबारको आइतबार मध्यरातदेखि लागू हुनेगरि उडान बन्द गर्ने निर्णय गरेको हो। आन्तरिक र भारतसँगको दुबैतर्फको उडान सोमबारदेखि नै रोक लगाउने निर्णय गरेको सहभागी एक मन्त्रीले बताए ।
आन्तरिक रुपमा पनि हवाइ उडान सञ्चालनमा राखेको भन्दै सरकारको आलोचना भइरहेको बेला सरकारले यस्तो निर्णय गरेको हो ।