पूर्वराजालाई उच्च सुरक्षा - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

पूर्वराजालाई उच्च सुरक्षा



काठमाडौं । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा ३० जना सुरक्षाकर्मी खटिएको छन् । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि भने तीन गुणाभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ ।

पूर्वराजाको सुरक्षामा सशस्त्र प्रहरी बलबाट दुई डिएसपी खटिएका छन् । एक डिएसपीको नेतृत्वमा ४० प्रहरीले पूर्वराजाको ‘क्लोज सर्किट’ मा काम गर्छन् । सइको कमाण्डमा नार्गाजुर्ननिवासको सुरक्षामा १५ जना खटिएका छन् । त्यस्तै पूर्वराजाको निजी निवासको सुरक्षामा अर्का डिएसपीको नेतृत्वमा ४१ जना प्रहरी खटिएका छन् ।

यता पूर्वराष्ट्रपति डा. रामवरण यादवको सुरक्षामा सेनाको एक प्लाटुन र दुई प्रहरी खटिएका छन् । पूर्वराष्ट्रपतिभन्दा पूर्वराजालाई उच्च सुरक्षा दिनु गणतन्त्रकै मर्मविपरीत भएको गृहका अधिकारीहरु बताउँछन् । समाचार नयाँ पत्रिका दैनिकमा छ ।