उच्च निगरानीमा शीतलनिवास र प्रधानमन्त्री निवास: सुरक्षा सतर्कता बढाइयो
काठमाडौं । संसद विघटन गरेसंगै सुरक्षा सतर्कतालाई थप मजबुत बनाइएको छ । राष्ट्रपति निवास शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरक्षा ब्यबस्था कडा पारिएको छ ।
संसद् विघटनसँगै उत्पन्न हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाइएको बताइएको छ । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै निर्वाचन मितिसमेत घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा हिजोबाटै राजधानीमा प्रर्दशन सुरु भएको छ । प्रदर्शनकारीबाट खतरा हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको एक उच्च सुरक्षा अधिकारीले बताए ।
राष्ट्रपतिले संसद् विघटन गरेसँगै राजधानीसहित देशभर चारवटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा राखिएको छ ।