युएईको खुल्ला आकाशमा देउसी भैलो सम्पन्न - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

युएईको खुल्ला आकाशमा देउसी भैलो सम्पन्न



युएई/कात्तिक ५ 

शुभ दीपावलीको अवसर पारेर स्याङ्जा सहयोग समाज युएईले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ।

युएईका लागि नेपाली राजदूत महामहिम नेत्र बहादुर टण्डनको निवास बाट गएको बिहीबार सुरु गरेको देउसी भैलो शनिवार आधा रात सम्म खेलेका थिए। युएईको आबुधाबी , अजमान , सारझा तथा वर दुबई आसपासमा निवास, होटेल तथा अफिस मा देउसी भैलो खेलेको कुरा संस्थाका सक्रिय सदस्य बेदप्रकाश पोख्रेलले बताए ।

प्रकाश ढकालको संयोजकत्वमा भएको देउसी भैलो कार्यक्रमको सुरु देखि अन्त्य सम्म धेरै जना स्याङ्जालि , पाल्पाली तथा थुप्रै मानिसहरूको जमघट देखिन्थ्यो, मादल , मजुरा , बांसुरि को ताल मिलाउदै संस्थाका उपाध्यक्ष तथा लोक दोहोरी गाएक हरि डुम्रेले सबैको लिडिङ गर्दै भट्याउन सुरु गरी अन्तिम सम्म लगातार साङ्गीतिक माहोल तताएका थिए।

परदेशमा बसेर पनि आफ्नो संस्कृति जोगाउन खटिने यी नेपाली दाजुभाइ दिदिबैनी हरुले यस पटक एक धमकेदार देउसी भैलो प्रस्तुत गरे।बिहीबार देखि लगातार रूपमा खेलिएको देउसी भैलो कार्यक्रम गएको शनिवार वर दुबई स्थित याक एन्ड यति मा खेली संस्थाका उपाध्यक्ष तथा कार्येबाहक अध्यक्ष राजु के.सीले सम्पूर्ण साथ दिने सङ्घ संस्थाहरू व्यवसायी तथा सहयोगी मनहरुलाई हार्दिक धन्यवाद तथा सधैँ सहयोगको अपेक्षा राख्दै कार्यक्रमको समापन गरेका थिए।