नेपालद्वारा युएईलाई २४८ रनको लक्ष्य : उत्कृष्ट खेल - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

नेपालद्वारा युएईलाई २४८ रनको लक्ष्य : उत्कृष्ट खेल



काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटको दोस्रो खेलमा नेपालले युनाईटेड अरब इमिरेट्स (युएई) लाई जितका लागि २४८ रनको लक्ष्य दिएको छ ।

क्वालाम्पुरस्थित सिलानगोर टर्फ क्लबको मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभरमा अलआउट हुँदै २४७ रन बनायो ।

नेपालको उच्च स्कोरमा भिम सार्की र हरि चौहानले अर्धशतकीय इनिङ्स खेले । अविजित रहेका हरिले ६७ रन बनाए । यस्तै भिमले ५४ बलमा ५३ रनको योगदान दिए ।

यस्तै नेपालका लागि ओपनर रित गौतमले ४४ रन जोड्दा आरिफ शेखले २७ रन बनाए । कप्तान रोहित कुमार पौडेल १८ रनमा आउट हुँदा पवन सर्राफले १२ रन जोडे ।

युएईका रिशाब मुखर्जीले ४ तथा मोहमद फाराजुदीनले ३ विकेट लिए ।

पहिलो खेलमा शानदार जित निकालेको नेपाल युएईविरुद्ध सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन्  ।  नेपालले पहिलो खेलमा सिंगापुरलाई २१७ रनले पराजित गरेको थियो ।

छनोटमा नेपालले २ अंक जोडेको छ । र, नेपाल शीर्ष स्थानमा रहेको छ । युएई २ अंकसहित तेस्रो स्थानमा छ ।