युएईमा एलियन आएको चर्चा ? यस्तो देखियो दृश्य - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

युएईमा एलियन आएको चर्चा ? यस्तो देखियो दृश्य



काठमाडौं । पृथ्वीमा दोस्रो ग्रहका मानिसहरु (एलियन) आएको परिकल्पना गरेर धेरै फिल्महरु बनेका छन् । तर, वास्तवमा दोस्रो ग्रहका मानिसहरु तपाइँले कहिल्यै देख्नुभएको छ ?

हालसालै यूएईको एक शहरमा यस्तै केही किसिमको दृश्य देखिएको छ । यो दृश्यले धेरैलाई आश्चर्यमा पारेको छ । मानिसहरुले उक्त दृश्यको भिडियो पनि खिचेका थिए । उक्त भिडियो अहिले भाइरल भइरहेको छ ।

ओमानको सीमानजिकै रहेको यो शहरमा बादलभित्र एक गोलो भुमरी देखिएको थियो । यो दृश्यमा आकाशमा ठूलो प्वाल परेको जस्तो देखिएको थियो ।

यद्यपि, खगोल विज्ञान र मौसम विज्ञानका जानकारहरुले एब्राहिम अल जारवानले सामाजिक सञ्जाल ट्वीटरमा यो घटनाको क्लिप शेयर गर्दै यो निकै सुन्दर र दुर्लभ दृश्य भएको बताएका छन् । उनका अनुसार यसलाई ‘फलस्ट्रेक होल’ वा ‘होल पन्च क्लाउड’ भनिन्छ ।