ट्वीटर अकाउन्ट फिर्ता माग्दै अदालत पुगे डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • १० मंसिर २०८१, सोमबार
  •      Mon Nov 25 2024
Logo

ट्वीटर अकाउन्ट फिर्ता माग्दै अदालत पुगे डोनाल्ड ट्रम्प



सीएनएन । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्वीटर अकाउन्ट फिर्ता पाउन माग गर्दै अदालतसम्म पुगेर ट्वीटर विरुद्ध मुद्दा हालेका छन् ।

गत जनवरी ६ को अमेरिकी संसद हमलालाई प्रोत्साहन गरेको आरोपमा उनलाई ट्वीटर लगायत सबै प्रमुख सामाजिक संजाल प्लेटफर्मबाट प्रतिबन्धित गरिएको थियो । घटनामा ट्रम्प समर्थकहरुले संसदमा घुसपेठ गरि आतङ्क मच्चाएका थिए । यसबीच पुलिससँग भएको झडपमा पाँचजनाको मृत्यु भएको थियो भने यसलाई अमेरिकी इतिहासकै भयानक दिनको नाम दिइएको छ ।

तर ट्रम्पले भने संसदमा रहेका डेमोक्रेट्सहरुको दबाबमा आएर उनको अकाउन्ट बन्द गरिएको आरोप लगाएका छन् । आफ्नो अनलाइन आवाज गुमाएको भन्दै उनले पुनः अकाउन्ट रिस्टोर गरिदिन अदालतमा माग गरेका हुन् । तर ट्वीटरले चाहिँ आफूहरुको नीति विपरित काम गरेकाले अकाउन्ट बन्द गर्नुपरेको बताउँदै आएको छ ।

त्यो समयमा ट्रम्पले राष्ट्रपति चुनावमा धाँधली भएको भनेर लगातार आधारहिन दाबी गरिरहेका थिए । ट्वीटरले हाल यसबारे कुनै प्रतिक्रिया जनाएको छैन । ट्रम्पका वकिलले चाहिँ खुला लोकतान्त्रिक बहस विरुद्ध यस किसिमको शक्ति दुरुपयोग गर्नु खतरनाक कुरा भएको बताएका हुन् । साथै उनका वकिलले तालिबानले अफगानिस्तानलाई नियन्त्रणमा लिइसकेपछि पनि तिनको अकाउन्टलाई चाहिँ ट्वीटरले अनुमति दिएको तर्क पनि राखेका छन् ।

ट्रम्प समर्थक टोलीले महिनौँ अगाडिदेखि ट्वीटर विरुद्ध मुद्दा हाल्ने कुरा उठाइरहेका थिए ।