असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था, कहाँ के पढ्ने ? यस्ताे छ तालिका - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

असार १ देखि रेडियो र टीभीबाट पढ्न‍े व्यवस्था, कहाँ के पढ्ने ? यस्ताे छ तालिका



काठमाडौं- सरकारले लकडाउन अवधिभर विद्यार्थीलाई घरमै बसेर श्रव्य-दृश्यका माध्यमबाट पढ्ने वातावरण मिलाएको छ।

लकडाउनका कारण स्कुल जान नपाएका विद्यार्थीका लागि शिक्षा मन्त्रालयले भोलि असार १ गतेदेखि नै रेडियो, टीभी तथा इन्टरनेटबाट पढ्ने व्यवस्था मिलाएकाे हाे।

त्यसका लागि शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि समय तालिका (अन्तिममा राखिएको छ) समेत सार्वजनिक गरेकाे छ।

जसअनुसार असार १ गतेदेखि ३१ गतेसम्म नेपाल टेलिभिजनको एनटीभी प्लसबाट विषयगत पाठ पढाइ हुनेछ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठ भने डिस होम, नेट टीभी, म्याक्स टीभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने शिक्षा तथा मानव विकास स्रोत केन्द्र श्रव्यदृश्य शाखाले जानकारी दिएको छ।

कोरोना महामारीका कारण तत्काल विद्यालय खुल्ने अवस्था नदेखिएपछि सरकारले विद्यार्थीको पढाइलाई निरन्तरता दिने उद्देश्यले घरमै बसेर पढ्ने व्यवस्था मिलाएको हो।