टर्कीमा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
एजेन्सी- टर्कीमा शक्तिशाली भूकम्प गएको छ । समाचार संस्था एएफपीका अनुसार ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको बताएको छ ।
भूकम्पबाट १ सय २० जना भन्दा बढी घाइते भएकाे एएफपीले जनाएकाे छ भने अहिलेसम्म चार जना मृत भेटिएका छन् ।
अमेरिकी भूगर्भ निकायका अनुसार ७ म्याग्निट्युडको भूकम्पको धक्का एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो ।
सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसको मृत्यु भएको थियो ।