११ जना शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले दिए राजिनामा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

११ जना शिशुको मृत्यु भएपछि स्वास्थ्यमन्त्रीले दिए राजिनामा



ट्युनिस । ट्युनिसियाको राजधानी ट्युनिसस्थित एक अस्पतालमा ११ जना नवजात शिशुको मृत्यु भएपछि स्वास्थ्य मन्त्री अब्देरराउफ चेरीफले पदबाट राजीनामा दिएको बीबीसीले जनाएको छ । यही ७ र ८ मार्चको अवधीमा उनीहरु सबैको सेप्टिक सक (अक्सिजन लिन नसक्ने र रक्त सञ्चारमा समश्या) का कारण मृत्यु भएको थियो ।

प्रधानमन्त्री युसेफ काहेडले सो घटनाको बारेमा छानबिन भइरहेको बताएका छन् । अहिले राजीनामा दिएका स्वास्थ्यमन्त्री चार महिना अघि मात्रै सो पदमा नियुक्त भएका थिए । ट्युनिसियाको स्वास्थ्य सेवालाई उत्तर अफ्रिकाकै राम्रो मानिनुका साथै मेडिकल पर्यटन समेत फस्टाउँदै आएको हो । तर, सन् २०११मा राष्ट्रपति जायन अल अबिदाइन बेन अली हटेपछि स्वास्थ्य क्षेत्रमा विभिन्न समश्या उत्पन्न हुँदै आएका छन् ।