कोरोना नियन्त्रणका लागि ट्युनिसियामा कर्फ्यु लगाइयो - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोना नियन्त्रणका लागि ट्युनिसियामा कर्फ्यु लगाइयो



एजेन्सी- कोरोनाभाइरस (कोभिड-१९) नियन्त्रण गर्नका लागि ट्युनिसियाले १२ घण्टा कर्फ्यु आदेश जारी गरेको छ।

ट्युनिसियाका राष्ट्रपति कइश सइदले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै सेनाले कर्फ्यु को निरीक्षण गर्ने जनाएका हुन्।

ट्युनिसियामा हालसम्म २४ जनामा कोरोना सङ्‌ग्रमण देखिएको छ। त्यस्तै दुई हजारभन्दा बढी सेल्फ-क्वारेन्टाइनमा रहेको आधिकारिक तथ्याङ्‌ग छ।

राष्ट्रपति सइदले यो कदम दुई सातापछि जीवन सामान्य बनाउनका लागि लिइएको आवश्यक कदम बताए। यससँगै ट्युनिसियाले हवाइ र भूमिगत आवागमन बन्द गरेको छ भने सरसामान ढुवानी चाहिँ रोकिएको छैन।