तुलसीपुर सामुदायिक वनको पन्ध्रौं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न  - Himal Post Himal Post
  • १३ पुष २०८१, शनिबार
  •      Sat Dec 28 2024
Logo

तुलसीपुर सामुदायिक वनको पन्ध्रौं वार्षिक साधारणसभा तथा सार्वजनिक सुनुवाइ सम्पन्न 



पहलमानपुर ,कैलाली । कैलालीको घोडाघोडी नगरपालीका-१० पहलमानपुरमा रहेको तुलसीपुर सामुदायिक वनको पन्ध्रौं वार्षिक  साधारण सभा तथा सार्वजनिक सुनवाई कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष पुष्कल बहादुर बमको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अथीति घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहनु भएको थियो भने बिशिष्ट अतिथीमा डिभिजन वन कार्यालय पहलमानपुरका सहायक वन अधिकृत शंम्भु सिंह ,सव-डिभिजन कार्यालय सुखडका अधिकृत गौचरन चौधरी ,घोडाघोडी नगरपालीका वडा नं १० का वडाध्यक्ष भिम बहादुर बम रहनु भएको थियो ।

कार्यक्रममा प्रमुख अथीतिको आसन बाट बोल्दै नगर प्रमुख चौधरीले सामुदायिक वनको ब्यवस्थित बिकास गर्न सके समृद्ध नगरपालीका बन्न टेवा पुग्ने बताउदै उपभोक्ताले सहज रूपमा वन पैदाबार उपभोग गर्न पाउनु पर्नेमा जोडदिनु भयो ।

कार्यक्रममा आर्थिक बर्ष २०७४/०७५ को १ करोड २५ लाख ४० हजार ६ सय ७८ रूपैया बराबरको आय ब्यय  संस्थाका कोषाध्यक्ष खम्ब शाहले प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा सामुदायिक वन ब्यबस्थापन तथा संरक्षण गर्न योगदान पुर्‍याउने बिभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो ।

उक्त भेलाले पुष्कल बाहादुर बमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिती चयन गरेको छ। सो कार्यक्रमको संचालन लेखा समिती संयोजक तथा उपभोक्ता इन्द्र बहादुर बमले गर्नु भएको थियो ।