टुँडिखेलमा आज : हजारौं व्यत्ति भेलाभएर एक साथ बुद्धको वचन पढे - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

टुँडिखेलमा आज : हजारौं व्यत्ति भेलाभएर एक साथ बुद्धको वचन पढे



काठमाडौं । भगवान गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्दै गिनिज वुक अफ दि वर्ल्ड रेकर्डमा लेखाउने प्रयासमा शनिबार काठमाडौंको टुँडिखेलमा हजारौं व्यत्ति भेलाभएर एक साथ बुद्धको वचन पढेका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेत उपस्थित भएका थिए ।

कार्यक्रममा ७५ हजारले आधिकारिक पास लिएर सहभागी भएका तर त्यती नै संख्यामा पास नभएकासहभागीहरु टुँडिखेल प्रवेश गरेको गायक तथा उक्त अभियानका अभियन्ता धिरज राईले बताए ।

विश्व किर्तीमानी परिषदले आयोजना गरेको कार्यक्रमको अभियान गायक राई र पत्रकार रवी लामिछानेले चलाएका हुन् । यसलाई गिनिज बुदक अफ दि वर्ल्ड रेकर्डसले मान्यता दिन बाँकी छ ।

४५ हजार मानिस एकै ठाउँमा भेलाभई ‘पढेको’ रेकर्ड अहिले भारतको आर्ट अफ लिभिङ फाउन्डेसनको नाममा छ । ४६ हजार ६६० जनाले एकसाथ कविता पढेर यो रेकर्ड बनाएका थिए ।

बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेर भारतले दाबी गर्दै आएको विरोध र प्रतिक्रियास्वरुप राईले लामो समयदेखि कार्यक्रम गर्न विदेश जाँदासमेत यो अभियान चलाउँदै आएका थिए ।