राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

राजनीतिक दलको उम्मेदवार बने कारबाही गर्ने त्रिविको चेतावनी



त्रिभुवन विश्वविद्यालयले पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारीलाई राजनीतिक दलको उम्मेदवार तथा प्रतिनिधि नबन्न चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालय र अन्य विद्यालयका पदाधिकारी, प्राध्यापक, शिक्षक र कर्मचारी पनि राजनीतिक दलको चुनावमा होमिएपछि त्रिविले सार्वजनिक सूचना जारी गरेर कारबाहीको चेतावनी दिएको हो ।

‘विश्वविद्यालय सेवामा कार्यरत पदाधिकारी, शिक्षक तथा कर्मचारी प्रचलित कानुन अनुसार राष्ट्रसेवकको परिभाषाभित्र पर्ने भएकाले त्यसरी निर्वाचन वा विधान अधिवेशनमा प्रतिनिधिका रुपमा भाग लिने कार्य विश्वविद्यालयको नियम र राजनीति दलसम्बन्धी ऐनविपरीत हुने भएकाले त्यस्तो कार्यमा सहभागी वा संलग्न नहुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ, ‘अन्यथा त्यस्तो कार्यमा संलग्न भएको प्रमाणित हुने आएमा त्रिवि नियमअनुसार विभागीय कारबाहीको प्रक्रिया अगाडि बढाइने कुरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।’

त्रिविले राष्ट्रिय वा स्थानीय तहका कुनै राजनीतिक निर्वाचनमा उम्मेदवार वा प्रतिनिधि नबन्न भनेको छ ।