ट्रम्प फेरि सन्किए: विश्व स्वास्थ्य संगठनलाई लगाए गम्भीर आरोप - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ट्रम्प फेरि सन्किए: विश्व स्वास्थ्य संगठनलाई लगाए गम्भीर आरोप



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कडा आलोचना गरेका छन् ।

ट्रम्पले मंगलबार विश्व स्वास्थ्य संगठन चीन केन्द्रित भएको र कोरोना महामारीका बेला खराब सल्लाह दिएको आरोप लगाए ।

‘डब्लूएचओले वास्तवमै उडायो, केही कारणवश अमेरिकाले ठूलो लगानी गरे पनि चीन केन्द्रित भयो । सौभाग्यवश मैले सीमा खुला राख्नुपर्छ भन्ने उनीहरुको सल्लाह अस्वीकार गरेँ, किन उनीहरुले हामीलाई यस्तो गलत सिफारिस गरे ?’ ट्रम्पले सोधेका छन् ।

डब्लूएचओले भने यसबारे कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

जनवरी ३१ म डब्लूएचओले देशहरुलाई कोरोना महामारीका बावजुद सीमा खुला राख्न सल्लाह दिएको थियो ।

तर डब्लूएचओले कुनै पनि देशलाई आफ्ना नागरिकको सुरक्षाका लागि कदम चाल्ने अधिकार भएको पनि जनाएको थियो ।

ट्रम्पले भने सोही दिन चीनबाट अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएका थिए ।