अमेरिकी राष्ट्रपति ट्रम्पले झुट बोलेरै बनाए नयाँ विश्व कीर्तिमान - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

अमेरिकी राष्ट्रपति ट्रम्पले झुट बोलेरै बनाए नयाँ विश्व कीर्तिमान



काठमाडौं- ह्वाइटहाउसको सत्ता सम्हालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ विश्व कीर्तिमान बनाएका छन् । सत्ता सम्हालेपछि उनले २० हजार ज्गुत बोलेर किर्तिमान बनाएका हुन् ।

१० हजारभन्दा झुट बोलेर बढी गलत र भ्रामक दाबी प्रस्तुत गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ८ सय २७ दिन लाग्यो। यस्तो ‘कीर्तिमान’ कायम गर्न उनले प्रत्येक दिन औसत १२ वटा गलत दाबी, भ्रामक जानकारी र आधारहीन सत्यको सहारा लिनुप-यो।

१० हजार झुटको कीर्तिमान खडा गरेको ४ सय ४० दिनपछि अर्थात् यही जुलाइ ९ मा त्यो संख्या २० हजार नाघ्यो। यसको अर्थ उनले आफ्नै कीर्तिमान दोब्बर पारे, त्यो पनि लगभग आधा समयमा।

महाअभियोग प्रस्ताव, विश्व अर्थतन्त्र थिलथिलो पार्नेे कोरोना महामारी, जर्ज ºलोइड हत्या प्रकरणको पृष्ठभूमिमा आन्दोलन, विरोध चलिरहँदा उनले प्रतिदिन औसत २३ वटा हावादारी कुरा फैलाइरहे।

ट्रम्पले कोरोनाबारे मात्र १ हजारभन्दा बढी हावादारी कुरा गरे। महाअभियोग र यससम्बन्धी अन्य विषयमा उनले १ हजार २ सयभन्दा बढी भ्रामक कुरा भने।

उनका अधिकांश भनाइ तर्कविहीन, षडयन्त्र सिद्धान्त र असत्य जानकारीमा आधारित पाइएका छन्।

उनले बोलेका केहि झुटका उदाहरण यस्ता छन्ः

-पूर्वराष्ट्रपति बाराक ओबामाले प्रहरीलाई अतिरिक्त सैन्य सामग्री दिन चाहेनन्।

सत्य के हो भने ओबामाले उक्त कार्यक्रमको आकार घटाए पनि प्रहरीका लागि विशेष हतियार, सैनिक जहाज, विस्फोटक पदार्थ तथा दंगा नियन्त्रणमा आवश्यक सामग्रीलगायत उपलब्ध गराउन स्वीकृति दिएका थिए।

-अफ्रिकी–अमेरिकी समुदायका लागि ‘धेरै ठूलो सहयोग गरेका’ छन्।

कुनै पनि सर्वेक्षणले यसलाई पुष्टि गरेको छैन।

-अमेरिकाले कोरोना भाइरस परीक्षणमा कीर्तिमान कायम गरेको छ र उसले जति परिक्षण चीनले पनि गर्न सकेन।

तर, प्रति १ लाख जनसंख्याबराबर परीक्षणका हिसाबले अमेरिका अन्य कयौं राष्ट्रभन्दा पछाडि छ

-ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडेनले उनको चुनावी अभियानको जासुसी गरी के–के भइरहेको छ भनेर सबै जानकारी हासिल गरेका थिए।

तथापि, ट्रम्पको उक्त आक्षेपलाई प्रमाणित गर्ने कुनै पनि आधार भेटिएको छैन।

आफ्नो कार्यकाल क्रममा हालसम्म ट्रम्पको सबैभन्दा बढी दोहोरिएको दाबी हो–‘अमेरिकाको इतिहासमा आजको अर्थतन्त्र उत्कृष्ट छ।’ यसलाई उनले ३ सय ६० पटक दोहो-याइसकेका छन्। उनले पहिलो पटक सन् २०१८ जुनमा यस्तो दाबी गरेका थिए।

त्यसो त अमेरिकी अर्थतन्त्रमा छाएको अप्ठेरो परिस्थिति आफू अनुकूल बनाउन उनी माहिर छन्। नराम्रो अर्थतन्त्रलाई पनि सबैभन्दा राम्रो भनेर गलत व्याख्या गर्दा उनले थप आनन्द महसुस गरे।

उनको यस दाबीमा पटक्कै सत्यता छैन। अन्य क्षेत्र झैं कोरोना भाइरसअघिको अमेरिकी अर्थतन्त्र पनि त्यति राम्रो थिएन जति पूर्वराष्ट्रपतिहरू डुइट डि आइसहावर, लिन्डन जोन्सन, बिल क्लिन्टनको कार्यकालमा थियो।

अझ बढी अमेरिकी अर्थतन्त्रले तब खास मार खान थाल्यो जब ट्रम्पले चीनविरुद्ध व्यापार युद्ध छेड्न थाले।

चीनमा कोरोना भाइरस देखिएयता उनले अमेरिकाको ‘उत्कृष्ट अर्थतन्त्र’ को दाबीलाई सयपटक भन्दा बढी दोहो-याइसकेका छन्। उनले पुनः राष्ट्रपति निर्वाचनमा सफलता हासिल गर्ने योजनापूर्तिका लागि सबैभन्दा प्रमुख हतियारका रूपमा यो दाबी प्रयोग गरिरहेका छन्।

यसैगरी ट्रम्पले सबैभन्दा बढी दोहो-याएको दोस्रो दाबी (२ सय ६१ पटक) भनेको ‘मेक्सिको सिमानामा पर्खाल बन्दैछ’ भन्ने हो। उनको यस अवधारणामा लगानी गर्ने विषयमा कंग्रेसले विरोध जनाएपछि उक्त परियोजना साना र पुराना पर्खाललाई स्टिलको वृत्तसहितको तारबारद्वारा प्रतिस्थापित गरियो।

ट्रम्पले तारबारबाट कोही पनि अमेरिकातर्फ प्रवेश गर्न नसकिने दाबी गरेता पनि वासिङ्टन पोस्टले भने त्यसविपरीत तर्क राख्दै एक रिपोर्ट प्रकाशित गरेको थियो।

यसैगरी ट्रम्पले ‘अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो कर कटौतीलाई अनुमोदन गरेको’ भन्ने अर्को झुटलाई २ सय १० पटक दोहो-याइसकेका छन्। उक्त कटौती सन् १९८१ मा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले गरेको भन्दा ठूलो हुने वाचा उनले गरेका थिए।

रेगनले कूल गार्हस्थ उत्पादन (जिडिपी) को २.९ बराबरको कर कटौती गरेका थिए र हालसम्म पनि विचाराधीन कुनै कर कटौतीको प्रस्ताव त्यो आकारको छैन। -वासिङ्गटन पोस्ट