ट्रम्प र पुटिनबीच भेटवार्ता - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ट्रम्प र पुटिनबीच भेटवार्ता



वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा युरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्प उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) को आगामी जुलाई ११ र १२ गते हुने भनिएको सम्मेलनमा सहभागी हुन युरोप गएका बेला रूसी समकक्षीसँगसमेत भेट्ने बताइएको छ।

वार्ताको तयारीका लागि रूसका लागि अमेरिकी राजदूत जोन हन्टम्यानले मस्को भ्रमणमा जाने रिपब्लिकन पार्टीका सांसदहरूको प्रतिनिधिमण्डलको चयन गरिरहेको रूसी समाचार संस्था तासले जनाएको छ।

गत साता रूसी राष्ट्रपति पुटिनले रचनात्मक वार्ताका लागि ट्रम्पसँग भेट्न चाहेको बताएका थिए।

अमेरिकी राष्ट्रपति ट्रम्पले रूसी नेता पुटिनलाई भेटका लागि गत अप्रिलमा निमन्त्रणा दिएका थिए।

रूसी उप विदेशमनत्री सेर्गेइ र्यााकोवले केही समय पहिले भेटवार्ताबारे संकेत गर्दै यस किसिमका सम्बन्धले मस्को र वासिङ्टनको सम्बन्ध सुधार हुनेमा विश्वास व्यक्त गरेका थिए।

आगामी महिना दुई नेताबीच भेट भएमा उनीहरूबीच हुने यो तेस्रो प्रत्यक्ष भेट हुनेछ। (रासस/एएनआई)