डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी



एजेन्सी- मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक इराकी न्यायाधीशले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेका छन्।

बग्दाद अदालतले ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णय लिएको हो । ३ जनवरी २०२० मा अमेरिकी ड्रोन हमलामा बग्दाद विमानस्थलबाहिर ईरानी रिभोलुसनरी गार्ड कर्पस्अन्तर्गतको क्वाद सेनाका जर्नेल कासिम सुलेमानी र मुहान्दिस मारिएका थिए ।

इरानका शक्तिशाली कासिम सुलेमानीको हत्याको मुद्दामा सो पक्राउ पुर्जी जारी गरिएको हो। सुलेमानीलाई एक वर्षअघि बग्दादमा मारिएको थियो। जसको आदेश ट्रम्पले दिएका थिए।

यसअघि ईरानले गत जुनमै ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो, उसले इन्टरपोललाई पक्राउ पुर्जीबारे जानकारी गराउँदै विश्वका अन्य प्रहरीहरुलाई पनि यो नोटिस पठाइदिन आग्रह गरेको थियो ।

जो कार्यान्वयनमा आएको थिएन । ट्रम्प पक्राउ पर्ने सम्भावना नभए पनि यसको प्रतीकात्मक अर्थ भने हुनेछ। निर्वाचन हारेका ट्रम्प आफ्नो कार्यकालको अन्तिम दिन नजिकिँदै गर्दा आन्तरिक संकटमा फस्दै गएका छन्।

बुधबार ट्रम्पको उक्साहटमा दक्षिणपन्थी अतिवादीहरुले वासिङ्टनस्थित संसद् भवनमा दंगा मच्चाएका थिए। जसमा चार जनाको ज्यान गएको छ।