ट्रम्पले निकालेको प्रतिवेदन भन्छ: अमेरिकामा हरेक दिन ३ हजारको मृत्यु हुनसक्छ - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

ट्रम्पले निकालेको प्रतिवेदन भन्छ: अमेरिकामा हरेक दिन ३ हजारको मृत्यु हुनसक्छ



एजेन्सी- अमेरिकामा जुनसम्म प्रतिदिन मर्नेहरुको संख्या तीन हजारसम्म पुग्न सक्ने अनुमान गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारले निर्माण गरेको एक आन्तरिक प्रतिवेदनमा यस्तो अनुमान गरिएको हो।

न्यूयोर्क टाइम्समा छापिएको रिर्पोटमा सरकारले यस्तो अनुमान गरेको उल्लेख गरिएको छ। यो अहिले भइरेहको मृत्युदर सन् १७५० को मृत्युदरभन्दा धेरै हो।

यो तथ्यांक संघीय इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीले निर्माण गरेको सरकारी अनुमानमा आधारित रहेको छ। यी तथ्यांकका आधारमा मृत्युदर अझै थप हुने अनुमान गरिएको छ। यो महिनाको अन्तिमसम्म प्रतिदिन दुई लाख नयाँ संक्रमित हुने अनुमान गरिएको छ।

प्रतिवेदनमा हाल २५ हजार रहेको यो संख्या ह्वातै बढ्ने अनुमान गरिएको हो। अमेरिकामा विभिन्न राज्यले लकडाउनलाई बिस्तारै छुट दिँदै गर्दा यस्तो प्रतिवेदन सार्वजनिक भएको हो। अमेरिकाका केही राज्यमा छुट पाए लगत्तै मानिसहरु समुन्द्र किनारामा देखिन थालेका छन्।

त्यहाँ अहिले कुल ११ लाख ८० हजार मानिस कोरोना संक्रमित रहेका छन् भने ६८ हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका छन्।