सामाजिक संजालको निशानामा डोनाल्ड ट्रम्प: ट्वीटरले बन्द गरिदियो अकाउन्ट - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सामाजिक संजालको निशानामा डोनाल्ड ट्रम्प: ट्वीटरले बन्द गरिदियो अकाउन्ट



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लगातार सामाजिक संजाकको निशानामा परेका छन् । फेसबुक र ट्वीटर लगायतका सामाजिक संजालले ट्रम्पको समर्थनमा गरिएका पोस्ट र आइडीलाई पनि निशाना बनाएका छन् ।

‘कपिराइट र फ्याक्ट चेक’को मामिलामा आक्रामक बन्दै गएका सामाजिक संजालहरूले पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निशानामा बनाएका हुन्।

केही समय अगाडि ट्रम्पको ट्वीटमा गल्ती भएको भन्दै ट्वीटरले ‘फ्याक्ट चेक’ लेबल राखेर तथ्य कुरा यसमा छ भन्दै एक समाचार संस्थाको लिंक हालिदिएको थियो।

त्यसको केही दिनमै ट्वीटरले फेरि ट्रम्पको अकाउन्टबाट एउटा भिडियो हटाएको थियो। उक्त भिडियोमा विभिन्न फोटोहरु हालिएको थियो।

फोटो खिच्ने व्यक्तिहरुले फोटो बिना अनुमति हालेको भन्दै रिपोर्ट गरेका थिए। ट्वीटरले प्रतिलिपि अधिकारको हनन् भएको भन्दै भिडियो ट्रम्पको अकाउन्टबाट हटाएको थियो।

यतिबेला भने ट्वीटरले ट्रम्पको समर्थन गर्न बनाइएको एक ट्वीटर अकाउन्ट बन्द नै गरिदिएको छ। उक्त अकाउन्टबाट गलत प्रचारहरु हुन थालेपछि ट्वीटरले अकाउन्ट बन्द गरेको हो।

त्यस अकाउन्टबाट दुई बालकको भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो सीएनएनमा प्रसारण भएको देखाइएको छ। तर वास्तवमा उक्त भिडियो सीएनएनमा प्रसारण भएको थिएन।

ट्रम्पले उक्त भिडियो सेयर गर्दै सीएनएन खराब मिडिया भएको बताएका थिए।