५२ स्थान ट्रम्पको निशानामा: जुन बेलापनि आक्रमण हुनसक्ने - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

५२ स्थान ट्रम्पको निशानामा: जुन बेलापनि आक्रमण हुनसक्ने



काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्ना सैन्य कमाण्डर हत्याको बदला लिन खोजे अमेरिकाले इरानका ५२ स्थानमा हमला गर्ने चेतावनी दिएका छन्।

शुक्रबार इरानका सैन्य कमाण्डर कासिम सुलेमानीको हत्यापछि ट्रम्पको यस्तो चेनावी आएको हो। अमेरिकी हवाई आक्रमणमा सुलेमानीको मृत्यु भएको थियो।

‘यदि इरानले कुनै पनि अमेरिकी नागरिक या सम्पतिमाथि हमला गरे उसमाथि त्यसभन्दा ठूलो हमला हुन्छ,’ ट्रम्पले ट्विट गर्दै भनेका छन्, ‘अमेरिकाले इरानको ५२ स्थानलाई निसाना बनाइरहेको छ।’

आफ्ना सैन्य कमाण्डर मारिएपछि इरानले यसको बदला लिने चेतावनी दिइसकेको छ।

ट्रम्पले सुलेमानीको हत्यापछि इरानले अमेरिकी सम्पतिलाई निशाना बनाउन धम्की दिएकाे ट्विटमा उल्लेख गरेका छन्।

ट्रम्पले आफूले निशाना बनाएका ५२ इरानी स्थानबारे बताउँदै ट्वीटरमा भनेका छन्, ‘ती स्थान धेरै महत्वपूर्ण छन् र इरानी संस्कृतिका लागि निकै महत्त्व राख्छन्।’

ट्रम्पले इरानबाट अरु धम्की नचाहेको समेत बताएका छन्।