डोनाल्ड ट्रम्पले भने: नरेन्द्र मोदी महान व्यक्ति रहेछन - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

डोनाल्ड ट्रम्पले भने: नरेन्द्र मोदी महान व्यक्ति रहेछन



एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरी एक पटक प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

दक्षिणपूर्वी अमेरिकी राज्य दक्षिण क्यारोलिनाको एक र्यालीलाई सम्बोधन गर्दै मोदी महान व्यक्ति भएको बताएका छन् । उनले भारतमा आफ्नो स्वागतका लागि लाखौंको संख्यामा मानिस आएको तर यहाँ थोरै भएको बताए ।

ट्रम्पले भारतको मोटेरा स्टेडियममा १ लाख भन्दा बढी मानिसको भीडलाई सम्बोधन गरेको र यसपछि आफू भीडबाट धेरै उत्साहित नहुने बताएका छन् । भारत जानु आफ्ना लागि सार्थक भएको समेत उनले बताए ।

र्यालीमा थोरै मानिस भएकाप्रति इंगित गर्दै उनले भने, “भारतमा १ लाख भन्दा बढी सीट भएको स्टेडियम थियो । जुन पुरा भरिएको थियो । तर यहाँ थोरै मात्र मानिस छन् ।”

“यहाँ पनि भीड राम्रो छ । तर म १ लाखको भीडबाट फर्किएर आएको छु । यहाँ जम्मा १५ हजार छन् । यस्तो अवस्थामा उत्साह पाउन मुश्किल छ । अमेरिकाको जनसंख्या भारतको तुलनामा अत्यन्त कम छ ।”