डोनाल्ड ट्रम्पले पठाए नेपाल र नेपालीका लागि बधाई सन्देश
काठमाडौं- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई बधाई संदेश पठाएका छन् । ट्रम्पले नेपालको संविधान दिवसको अवसरमा नेपाल र नेपाली जनताका नाममा बधाई सन्देश पठाएका हुन् ।
अमेरिकामा राष्ट्रपति चुनाव नजिकिएका बेला राष्ट्रपति ट्रम्पले नेपालीका नाममा बधाई संदेश पठाएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र समग्र नेपाली जनतालाई संविधान दिवसको अवसरमा बधाई सन्देश पठाएको बताइएको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले संविधान दिवसका अवसरमा नेपाललाई बधाई सन्देश पठाएको जानकारी दिएको छ ।