डोनाल्ड ट्रम्पले मागे बाइडेनको राजीनामा - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

डोनाल्ड ट्रम्पले मागे बाइडेनको राजीनामा



काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई लिएर चौतर्फी आलोचनाको शिकार खेपिरहेका राष्ट्रपति जो बाइडेनको राजीनामा माग गरेका छन्।

उनले भनेका छन्, ‘ अफगानिस्तानमा जसको बाइडेनले अनुमति दिए, त्यस अपमानकाका लागि उनले राजीनामा दिनुपर्छ ।’ ट्रम्पले यदी आफू राष्ट्रपति भएको भए अमेरिका अफगानिस्तानबाट निस्कने काम ‘ सफलतापूर्वक’ हुने थियो भनेका छन्।

उता वाइडेन प्रशासनले भने अमेरिका-तालिबान सम्झौता ट्रम्पको राष्ट्रपति कार्यकालमा नै भएको स्मरण गराएको छ। तर त्यहाँबाट निस्कने सम्झौताको सटीक जानकारी बाइडेन प्रशासनमाथि छोडिदिएको आरोप उसले लगाएको छ।

तालिबानले अफगानिस्तान कब्जा गरेपछिपछि बाइडेनको आलोचना भइरहेको छ। बाइडेन प्रशासनका अधिकारीहरुले अफगान सुरक्षाबलको क्षमता धेरै आकेको स्वीकार गरेका छन्।

विदेश मन्त्री एन्थनी ब्लिंकनले सीएनएनसँग भने ‘हामीले जे अनुमान लगाएका थियौं त्यस अघि नै अफगानिस्तान सरकार ढलेको छ।’