महाअभियोग प्रस्ताव पेस गर्न ढिला गरेको भन्दै ट्रम्प बने क्रुद्ध - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

महाअभियोग प्रस्ताव पेस गर्न ढिला गरेको भन्दै ट्रम्प बने क्रुद्ध



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगसम्बन्धी प्रस्ताव सिनेटसामु पेश गर्न ढिलाइ गरेको भन्दै आपत्ति जनाएका छन् ।

उनले सभामुख नान्सी पेलोसीमाथि सिनेटमा प्रस्ताव पेश गर्न ढिलाइ गरेको समेत आरोप लगाएका छन् ।

राष्ट्रपति ट्रम्पले अमेरिको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभकी सभामुख नान्सी पेलोसीमाथि महाअभियोगको प्रस्ताव सिनेटमा पेश गर्न ढिलाइ गरेको आरोप लगाएका हुन् ।

साथै उनले तल्लो सदनबाट पारित भएको महाअभियोगका २ वटा प्रस्ताव ‘पक्षपात पूर्ण’ भएको समेत आरोप लगाएका छन् ।

‘यो पक्षपातपूर्ण छ’, ट्रम्पले भने, ‘उनीहरु (डेमोक्रेट) ले संविधानको उल्लंघन गरिरहेका छन् । साथै ट्रम्पले सभामुख पेलोसीलाई ‘मुर्ख नान्सी’ भन्दै उनको आलोचना समेत गरेका छन् ।

अन्य कुनै मुद्दा नपाएपछि पेलोसीले महाअभियोगलाई हतियार बनाएको समेत ट्रम्पको भनाइ छ ।

बुधवार अमेरिकी संसद्को तल्लो सदनले ट्रम्पमाथि लागेका दुबै आरोपमा उनलाई महाभियोग लगाउने पक्षमा बहुमत दिएको थियो ।

राष्ट्रपतिमाथि आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुनः निर्वाचित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप लागेको थियो ।

ट्रम्पमाथि लागेका महाअभियोगसम्बन्धी २ वटा प्रस्तावमाथि माथिल्लो सदन सिनेटमा छलफल र सुनुवाइ हुँदैछ । तर सिनेटमा हुने सुनुवाइको मिति भने तोकिएको छैन ।