ट्रम्पको आक्रोश गुगल माथि - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

ट्रम्पको आक्रोश गुगल माथि



वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगलले आफ्नो छवि नष्ट गर्न खोजेको भन्दै मंगलबार आक्रोश व्यक्त गरेका छन्। गुगलले सधैं आफूविरुद्धका समाचारलाई प्राथमिकता दिने गरेको ट्रम्पको भनाइ छ।

गुगलले जानीबुझी आफूलाई नोक्सान पुग्ने काम गरेको उनको आरोप छ। ट्रम्पले सञ्चारमाध्यमको आलोचना गर्दै आएका छन्। यसअघि पनि राष्ट्रपति ट्रम्पले मूलधारका अमेरिकी सञ्चारमाध्यमलाई निशाना बनाउँदै आएका छन्।

ट्रम्पले ट्विट गर्दै भने, ‘गुगलमा ट्रम्प खोजी गरेर हेर्दा झूटो खबर र समाचार मात्र भेटिन्छ। अर्को शब्दमा भन्ने हो भने यिनीहरू पूरै किसिमले कट्टर छन्। यसैले हाम्रा विरुद्ध दिइएका समाचार पूरै खराब खालका हुन्छन्। यस्तो झूटो खबर दिन सीएनएन नम्बर एक छ।’

तिनीहरूले निष्पक्ष सञ्चारमाध्यमलाई चुप गराइदिने उनको बुझाइ छ। गैरकानुनी खबर दिने ९६ प्रतिशत सञ्चारमाध्यमले सधैं ट्रम्पबाट सञ्चारमाध्यम खतरामा लेख्ने गरेको भन्दै उनले आक्रोश व्यक्त गरे।

उनले गुगललगायतका सञ्चारमाध्यमले परम्परागत असल सञ्चारमाध्यमको आवाज दबाउने काम गरेको बताए। उनीहरूले साँचो खबर पाठकसम्म पुग्न पनि नदिने गरेको बताए।

ती सञ्चारमाध्यमले के समाचार पढ्ने र कस्ता समाचार पढाउने भनेर पनि नियन्त्रण गर्ने गरेका छन्। ट्रम्पले लेखे, ‘यो निकै खतरनाक अवस्था हो र यसका लागि केही गर्नु आवश्यक छ।’

ट्रम्पको अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। अभिव्यक्ति स्वतन्त्रताका समर्थकहरूले राष्ट्रपतिको सञ्चारमाध्यमलाई नियन्त्रण गर्न खोजेको आरोप लगाएका छन्।