२०७६ साउन ३, शुक्रबार

ट्रम्पलाई ‘अयोग्य’ भनेलगत्तै बेलायती राजदूतले किन दिए राजीनामा ?

July 10, 2019
38 Views

एजेन्सी-अमेरिकाका लागि बेलायती राजदूत किम ड्यारोकले राजीनामा दिएको बताएका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग विवाद भएपछि राजीनामा दिएको बुधबार जानकारी दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘अयोग्य र असफल’ भएको टिप्पणी गरेको सार्वजनिक भएपछि ट्रम्प र किमबीच विवाद शुरु भएको थियो ।

बेलायती विदेश मन्त्रालयका अधिकारीलाई बुझाएको राजीनामापत्रमा किमले ट्रम्पसँगको सम्बन्ध सुधार्न ‘असम्भव’ देखेर आफूले राजीनामा दिनुपरेको उल्लेख गर्नुभएको समाचारमा जनाइएको छ ।

उनले सम्बन्ध सुधार र बेलायती चासोका बारेमा बुझाउन पटकपटक प्रयास गरे पनि सफल हुन नसकेको पनि राजीनामापत्रमा उल्लेख गरेका छन् । “मैले मेरो भूमिका राम्रोसँग निर्वाह गर्न अहिले असम्भव जस्तै देखिएको छ, त्यसैले मैले पदीय जिम्मेबारी त्याग्ने निर्णय गरेको छु,” उनले भनेका छन् ।

बेलायत र अमेरिकाबीचको परिस्थितिलाई सहज बनाउन नयाँ राजदूतबाट सजिलो हुने विश्वास लागेको उनले बताएका छन् । उनको राजीनामाका बारेमा प्रधानमन्त्री थेरेसा मेले संसद्मा जानकारी पनि गराएकी छिन् । उनले राजदूत किमले विगतमा राम्रो जिम्मेवारी निर्वाह गरेको भन्दै धन्यवादसमेत दिएकी छिन् ।

ट्रम्पको आलोचना गरेको किमको इमेल केही दिन अगाडि सार्वजनिक भएको थियो । इमेल सार्वजनिक भएसँगै ट्रम्पले पनि राजदूत किमको आलोचना गरेका थिए ।

Facebook Comments

सम्बन्धित खवर

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो
समाचार
shares4 views
समाचार
shares4 views

अमलेखगन्जमा भारतबाट पाइपलाइन हुँदै तेल आयो

Himalpost Desk - २०७६, ३ श्रावण १३:३१

हिमालपोस्ट/काठमाडौँ भारतबाट पाइपलाइनमा बग्दै पहिलो पटक डिजेल अमलेखगन्जमा आइपुगेको छ। पेट्रोलियम पाइपलाइन आयोजनाका इन्जिनियर सरद पौडेलले शुक्रबार बिहान ९ बजे…

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु
अन्तराष्ट्रिय
shares4 views
अन्तराष्ट्रिय
shares4 views

अफगानिस्तानको काबुल विश्वविद्यालयमा बम विस्फोट हुँदा ४ को मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १३:०६

हिमालपोस्ट/काठमाडौँ- (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयको दक्षिणतर्फको प्रवेशद्वारमा शुक्रबार बिहान ७:१० बजे बम विस्फोट भएको छ । विस्फोटमा परी…

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु
अन्तराष्ट्रिय
shares8 views
अन्तराष्ट्रिय
shares8 views

सर्प र मान्छेबीच टोकाकोट, दुवैको मृत्यु

Himalpost Desk - २०७६, ३ श्रावण १२:३८

हिमालपोस्ट/काठमाडौँ (एजेन्सी) भारतको गुजराँतस्थित महिसागर जिल्लामा सबैलाई आश्चर्यचकित पार्ने एउटा घटना भएको छ। सुन्दा पत्यार नलाग्ने यो घटना भने वास्तविक…