उत्तर कोरियाले दियो डोनाल्ड ट्रम्पलाई कडा चेतावनी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

उत्तर कोरियाले दियो डोनाल्ड ट्रम्पलाई कडा चेतावनी



एजेन्सी – उत्तर कोरियाले दक्षिण कोरियासँगको आन्तरिक मालिमिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाले वासिङ्टनलाई चेतावनीको शैलीमा सहजै राष्ट्रपति चुनाव सुनिश्चित गर्न चाहाने भए अन्तर कोरियन मामिलाबाट बाहिर रहन चेतावनी दिएको हो ।

केसीएनए समाचार एजेन्सीकाअनुसार उत्तर कोरियाका एक वरिष्ठ विदेश मन्त्रालयका अधिकारीले संयुक्त राज्य अमेरिकाको ‘दोहोरो व्यवहार गर्ने मनोवृत्ति’ लाई ‘घृणा’ को संज्ञा दिएका छन् ।

‘वाशिंगटन चुपचाप बस्नुपर्छ र आन्तरिक मामिलालाई ध्यानमा राख्नुपर्दछ’, उत्तर कोरियाली विदेश मन्त्रालयका अमेरिकी मामिला विभागका महानिर्देशक क्वोन जङ–गनले भने, ‘यदी अमेरिकाले आफ्नो आन्तरिक मामिलामा ध्यान दिन छाडेर अरुको आन्तरिक विषयमा गैरजिम्मेवार टिप्पणी गर्दै नाक तेस्र्याइरहन्छ भने उसले सम्हाल्न नसक्ने असहज परिस्थितिको सामना गर्नुपर्ने हुनसक्छ ।’

हालै उत्तर कोरियाले दक्षिण कोरियासँगको सबै किसिमको सम्पर्क बन्द गर्ने निर्णय गरेको छ । अमेरिकाले यस विषयमा आपत्ति जनाएको थियो ।

क्वोनले अमेरिकाको राजनीतिक अवस्था हालसम्मकै खराब भएको बताउँदै अमेरिकाले आफ्नो घरेलु समस्यामा ध्यान दिनुपर्ने र बोल्दा जिब्रो सम्हाल्नु पर्ने बताए ।

दक्षिण कोरियाको मध्यस्थतामा उत्तर कोरिया र अमेरिकाबीच सन् २०१८ यता दुईपटक शिखर वार्ता भयो । वार्तापछि उत्तरले क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने वाचा गरेपनि अमेरिकाले उत्तरमाथिको अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाएको छैन ।

अमेरिकाले सम्झौता नमानेको आरोप लगाउँदै पछिल्लो समय उत्तरले क्षेप्यास्त्र परीक्षणलाई तिव्रता दिइरहेको छ ।

प्योंगयांगले आफ्नो प्रतिबन्धित हतियार कार्यक्रममा संयुक्त राष्ट्र सुरक्षा परिषद्को धेरै प्रतिबन्धको सामना गर्नु परेको छ । तर गत महिनाहरूमा धेरै श्रृंखलाबद्ध परीक्षणहरू गरिसकेको छ । प्रायः जसो उत्तर कोरियाले उक्त हतियरालाई रकेट प्रणालीको रूपमा व्याख्या गरेको छ । यद्यपि जापान र अमेरिकाले उनीहरूलाई ब्यालिस्टिक मिसाइल भनेका छन् ।