गम्भीर संकटले घेरिए डोनाल्ड ट्रम्प
बीबीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प देशभरमा जारी विरोध प्रदर्शनलाई लिएर पहिलेबाटै आलोचनाको सामना गरिरहेका छन् । अब प्रदर्शनहरु नियन्त्रणका लागि संघीय प्रहरी (फेडरल पुलिस) पठाउने उनको निर्णयमा प्रश्नहरु उठिरहेका छन् ।
कोरोनासँगै काला जातिका युवक जर्ज फ्लोयडको मृत्यु ट्रम्पका लागि ठूलो चुनौतीका रुपमा अगाडि आएको छ । अमेरिकाका कैयाैँ क्षेत्रमा लगातार प्रदर्शन भइरहेको छ । ती प्रदर्शनहरु कोरोना महामारीको उच्च जोखिमका बेलामा पनि ट्रम्पले रोक्न सकेका छैनन् ।
अमेरिकाका कैयौं सहरहरुमा प्रदर्शनकारी लामो समयदेखि विरोध गरिरहेका छन् । उनीहरुले कैयौं चोक–चौराहहरु कब्जा गरेका छन् । अब ट्रम्पले फेडरल पुलिसलाई प्रदर्शन भइरहेका सहरहरुमा पठाउने चेतावनी दिएका छन् । जसमा कैयौं प्रान्तहरुमा डेमोक्रेटिक पार्टी सत्तामा छ ।
ट्रम्पले शिकागो र न्युयोर्क विशेष जिकिर गर्दै ती सहरहरुमा उदारवादी डेमोक्रेट्स कारबाही गर्न डराइरहेको आरोप लगाएका छन् । उनले ओरेगानमा संघीय प्रहरी अधिकारीहरुले कसरी स्थिति नियन्त्रणमा ल्याएको उदाहरणसमेत दिएका छन् ।
यद्यपि, स्थानीय अधिकारीहरुले संघीय प्रहरीका अधिकारीहरुका कारण स्थिति झन बिग्रिरहेको दाबी गरेका छन् । कैयौं प्रान्तीय नेताहरुले स्थिति झन बिग्रिरहेको दाबी संघीय प्रहरीलाई हटाउन माग गरेका छन् । उनीहरुले संघीय प्रहरी खटाएर चुनावी वर्षमा ट्रम्पले ‘राजनीतिक स्टन्ट’ गरेका पनि बताएका छन् ।