भ्याक्सिन बिना कोरोना निको हुने डोनाल्ड ट्रम्पको दाबी - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भ्याक्सिन बिना कोरोना निको हुने डोनाल्ड ट्रम्पको दाबी



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भ्याक्सिन बिना पनि कोरोना भाइरस नियन्त्रणमा आउने दाबी गरेका छन्।

तर, उनले यो दाबीको कुनै वैज्ञानिक आधार भने दिएनन्। अमेकिरी कंग्रेसका सदस्यहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले अर्को वर्ष कोरोना संक्रमण दोब्बर हुन सक्ने चेतावनी पनि दिएका छन्।

यसैबीच, अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी प्रेस सचिव केटी मिलरलाई कोरोना भाइरसको संक्रमण भएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्। एक दिन अगाडिमात्र ट्रम्पका एक व्यक्तिगत सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

रोयटर्सको पछिल्लो तथ्यांक अनुसार ७७ हजार भन्दा बढी अमेरिकीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् भने १२ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।