डोनल्ड ट्रम्प र उनकी पत्‍नीको सम्वन्ध बिग्रियो - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

डोनल्ड ट्रम्प र उनकी पत्‍नीको सम्वन्ध बिग्रियो



एजेन्सी- चुनावी अभियानमा व्यस्त अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको जोडी यतिबेला अर्को एक फरक घटनाका कारण चर्चामा छन् ।

घटना सानै हो । र निजी पनि । यही आइतबार ट्रम्प र उनकी पत्नी मेलानिया एक कार्यक्रममा जाने क्रममा विमानबाट ओर्लँदै थिए । ओर्लँदै गर्दा मन्द हावाको सिरेटोले उनीहरुको कपाल र कपडा अव्यवस्थित बनाइदिएको थियो ।

हावाको झोक्काले मेलानियाको त कपालले पूरै अनुहार छोपिदिएको थियो । उनी दायाँ हातले कपाल मिलाउँदै वायाँ हातले ब्याग समातिरहेकी थिइन् । यस्तैमा ट्रम्पले उनको वायाँ हात समात्न खोजे । कोटको टाँक मिलाएर ट्रम्पले जब मेलानियाको हात समात्न खोज्दै थिए, मेलानियाले ट्रम्पको हात बिस्तारै हुत्याइदिइन् । एक पटक हैन, पटक पटक मेलानियाको हात समात्ने ट्रम्पको प्रयास विफल बन्यो ।

यस्तो रोचक दृश्य देखिने भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । उक्त भिडियोबारे अनेक टिप्पणी हुन थालेको छ । खासमा मेलानियाले किन ट्रम्पको हात समात्न इन्कार गरेकी थिइन् । त्यसो त, ट्रम्पले मेलानियाको हात समात्न खोजेको र मेलानियाले इन्कार गरेको यो पहिलो पटक हैन ।

यसअघि २०१९ मा पनि उनीहरुको यस्तै भिडियो सार्वजनिक भएको थियो । ट्रम्प र मेलानिया सँगै उभिएर फोटो खिच्ने क्रममा ट्रम्पले हात समात्ने प्रयास गरेको र मेलानियाले इन्कार गरेको तस्बिरले यसै गरी सामाजिक सञ्जालमा चर्चा पाएको थियो ।

कतिपयले उक्त तस्बिरलाई लिएर ट्रम्प दम्पत्तीबीच सुमधुर सम्बन्ध नभएको पनि विश्लेषण गरेका थिए । यस्तो हर्कत्लाई लिएर ७४ वर्षीय ट्रम्प र ५० वर्षीया मेलानियाको सम्बन्ध सुमधुर नभएको ‘बडी ल्याङ्ग्वेज’का विज्ञको तर्क थियो ।

ट्रम्प दम्पत्ती गत जनवरीमा न्यु ओर्लियन्सस्थित कलेज फुटबल प्रतिष्पर्धा हेर्न जाने क्रममा भएको त्यो घटनासँग यस पटकको गतिविधि मिल्न गएको छ । सार्वजनिक स्थलमा प्रस्तुत हुँदा देखाइने यस्ता गतिविधि संयोग मात्रै नभएको टिप्पणी धेरैले गर्न थालेका छन् ।

यसवाहेक २०१८ मा पनि फ्रेन्च राष्ट्रपति इमयानुएल म्याक्रोँलाई ह्वाइट हाउसमा स्वागत गर्ने क्रममा ट्रम्प र मेलानिया सँगै उभिएका थिए । त्यहाँ पनि संयुक्त तस्बिर खिच्‍ने क्रममा ट्रम्पले मेलानियाको हात समात्‍ने प्रयास गरे । तर मेलानियाले हुत्याइदिएकी थिइन् ।