चीनले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको ट्रम्पको आरोप - Himal Post Himal Post
  • ३ फाल्गुन २०८२, आईतवार
  •      Sun Feb 15 2026
Logo

चीनले कोरोनाबाट मृत्यु हुनेको तथ्यांक लुकाएको ट्रम्पको आरोप



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस ‘कोभिड १९’ सम्बन्धी चीनको तथ्यांकमा आशंका व्यक्त गरेका छन्।

कोरोनाको उत्पत्तिस्थल चीनमा हाल अमेरिकामा भन्दा कम कोरोना संक्रमित छन्। मृतक संख्या समेत अमेरिकामा बढी देखिएको छ।

यसबीचमा ट्रम्पले चीनले सही तथ्यांक लुकाएको हुनसक्ने आशंका व्यक्त गरेका हुन्।

‘चीनको तथ्यांक सही छ या छैन भनेर कसरी थाहा पाउने?,’ ट्रम्पले पत्रकार सम्मेलनमा भनेका छन्,‘म चीनको लेखापाल होइन।’

सो क्रममा ट्रम्पले आफ्नो चीनसँग सुमधुर सम्बन्ध भएको पनि बताए।

हालसम्मको जानकारीअनुसार अमेरिकामा २ लाख १५ हजार ३ सय ३४ कोरोनाले संक्रमित बनेका छन्। त्यहाँ ५ हजार ११२ को मृत्यु हुँदा ८ हजार ८७८ उपचारपछि स्वस्थ भएका छन्।

चीनमा भने ८१ हजार ५८९ जना कोरोना संक्रमित छन्। त्यहाँ ३३ सय १८ को मृत्यु भइसक्दा ७६ हजार ४०८ उपचापछि स्वस्थ बनेका छन्।