कञ्चनपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँए ,दुई जना घाइते - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कञ्चनपुरमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँए ,दुई जना घाइते



पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको बेदकोट नगरपालिमा सोमबार साँझ ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।

महेन्द्रनगरबाट अत्तरिया तर्फ गईरहेको ना ६ ख १४२४ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको म२प ८७२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका ईलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ।

घाइते हुनेहरुमा कञ्चनपुर भीमदत्त नगरपालिका –५ का २५ वर्षीय डम्बर सिंह धामी र दार्चुलाका २५ वर्षीय कृष्ण महरा रहेका छन्।

उनीहरुको शरीर, खुट्टा र टाउकोमा चोट लागेको छ। अहिले उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनाको विषयमा अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय झलारीले जानकारी दिएको छ।

बेदकोट नगरपालिका– १ र १० को सिमाना पथरैया नदी नजिक सोमबार साँझ ७ बजेतिर ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।