त्रिशुली नदीबाट सिंचाई सचिब यादवको शव निकालियो
धादिङ। धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवको मृत्यु भएको छ ।
कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खस्दा सचिव यादवको मृत्यु भएको छ ।
सचिव यादवको शव त्रिशूलीमा डुबेको जिपबाट निकालिएको हो । जिपमै सिट बेल्ट बाँधिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
जिपमा सवार यादवका छोरा सञ्जय र उनका आफन्त १५ वर्षीया उन्नति गुप्ता बेपत्ता भएका छन् ।
गाडी चालक निराजन यादवलाई भने उद्धार गरेर काठमाडौंको ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए ।