त्रिशुली बस दुर्घटना: ६ जनाको मृत्यु ,१० जनाको उद्दार
चितवन, मंसिर १३
चितवनको फिस्लिङमा यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ । १० जनाको उद्दार गरिएको छ ।
काठमाडौंबाट अर्घाखाँचीका लागि छुटेको लु २ ख २९१ नम्बरको बस बिहान साढे ९ बजे त्रिशूली नदीमा खसेको चितवनका प्रहरी प्रमुख दिपक थापाले जानकारी दिनुभयो । अहिले उद्धारको काम भैरहेको छ ।